काठमाडौँ । विवादका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेको घोषणा गरिएको छ ।
आइतबार प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्तावमाथि भएको मतविभाजनका क्रममा अधिकारीले ३० मत पाएका थिए । सभामुख कृष्ण धितालले आफुसहित प्रदेशसभामा ६० सदस्य रहेको र आवश्यक परेको खण्डमा आफुले पनि मत दिन पाउने अधिकार आफुसंग सुरक्षित रहेको जानकारी गराउदै अधिकारीलाई परेको ३० मत प्रदेशसभाको बहुमत भएको भन्दै विश्वासको मत पारित भएको घोषणा गरेका थिए । त्यस्तै उहाले विश्वासको मत पाएको घोषणा गर्दा सर्वोच्चको आदेश समेत सुनाएका थिए । विश्वासको मतको पक्षमा ३० र विपक्षमा २७ मत तथा २ मत तटस्थ परेको थियो । त्यसपछि कांग्रेसले कालो झण्डा देखाउदै नारावाजी गरेको छ ।
मुख्यमन्त्री अधिकारीलाई एमालेको २२, माओवादीको ७ र स्वतन्त्र सांसदको १ मत परेको थियो भने विपक्षमा कांग्रेसको २७ मत परेको थियो । त्यस्तै राप्रपा तटस्थ बसेको थियो । मतदानमा ५९ सांसद सहभागी थिए ।
सम्बन्धित समाचारहरु:
बजेटलाई सन्तुलनमा ल्याउने काम भइरहेको छः हिक्मत कार्की
महानगरपालिकाले बुधबारदेखि सिप मेला आयोजना गर्ने
मानव अधिकार आयोगको कानुन संशोधन गर्न बाँकेमा सुझाव सङ्कलन
राजेन्द्र लिङ्देनले संसद्को रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन बजेट पु...
लघुवित्तको सेवा शुल्क घट्यो
वसन्तपुर क्षेत्रको अवलोकनमा जापानी विदेशमन्त्री खामिखावा
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
