काठमाडौँ । व्यवस्था परिवर्तनका लागि भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९ संघीय राजधानी काठमाण्डौको भृकुटीमण्डपमा भेला भएर प्रदर्शन गरेको छ । राप्रपाले संघीयता र गणतन्त्र विरोधी नारा लगाउँदै प्रदर्शन गरेको हो ।
राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दवाव दिने उद्देश्यले काठमाण्डौ केन्द्रित जनप्रदर्शन शुरु गरेको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका नारा लगाइरहेका छन् ।
प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरेका छन् । प्रदर्शनमा सहभागीहरुले निषेधित क्षेत्र तोड्न सक्ने भएकाले काठमाण्डौमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले राप्रपाका कार्यकताहरुमाथि निगरानी बढाएको छ ।
सम्बन्धित समाचारहरु:
मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
मन्त्री यादवद्धारा फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
कांग्रेसले मुलुकका सबै जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि खटाउने
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने
पोखराका दुई स्थानमा निषेधित क्षेत्र घोषणा
नेपाली कांग्रेसद्वारा स्थानीय तह केन्द्रीत घोषणापत्र सार्वजनिक
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts