काठमाडौँ । व्यवस्था परिवर्तनका लागि भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९ संघीय राजधानी काठमाण्डौको भृकुटीमण्डपमा भेला भएर प्रदर्शन गरेको छ । राप्रपाले संघीयता र गणतन्त्र विरोधी नारा लगाउँदै प्रदर्शन गरेको हो ।
राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दवाव दिने उद्देश्यले काठमाण्डौ केन्द्रित जनप्रदर्शन शुरु गरेको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका नारा लगाइरहेका छन् ।
प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरेका छन् । प्रदर्शनमा सहभागीहरुले निषेधित क्षेत्र तोड्न सक्ने भएकाले काठमाण्डौमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले राप्रपाका कार्यकताहरुमाथि निगरानी बढाएको छ ।
सम्बन्धित समाचारहरु:
गठबन्धन टुटाउने षड्यन्त्रलाई असफल पार्नुपर्छ -प्रधानमन्त्री शेर बहादुर देउवा
संविधान अनुसारको दायित्व पुरा गर्न सहज वातावरण बन्न सकेन -सभामुख अग्नी सापकोटा
रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव
रविले भने : ‘मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छ’
प्रचण्ड र रवि लामिछाने बीच फोन वार्ता
एक सय ४८ आयोजना शोकेशमा राख्न स्वीकृति
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
