काठमाडौँ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिसमेत रहेका जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार कार धादिङमा दुर्घटना भएको छ ।
खान सवार कार बर्दिया जाने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । उनको मलेखुमा रहेको धादिङ जिल्ला राजमार्ग अस्पतालमा प्रारम्भिक उपचार भएको र थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।
संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले खान सवार कारमा को-को थिए भन्नेबारे बुझ्ने प्रयास भइरहेको र खानको अवस्था भने खतरामुक्त रहेको जानकारी दिएका छन् ।
काठमाण्डौ ल्याएर थप उपचार र परीक्षण भएपछि उनको अवस्थाबारे थप भन्न सकिने गिरीको भनाइ छ ।
सम्बन्धित समाचारहरु:
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त
राप्रपा केन्द्रीय समितिको पूर्ण बैठक आजबाट सुरु
प्रधानमन्त्री ओलीले भने : अराजक गतिविधि मौलाउन दिइन्न
गृहमन्त्री रवि लामिछानेले भने : अपराध गर्ने कसैलाई छोड्दिन
पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री
मन्त्री यादवद्धारा फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts