भक्तपुर । चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।
नगरपालिका कार्यालयसँगै घुमाउनेमा तीव्र गतिमा आएको प्रदेश–३–०१–००६ ख ०३१२ नंको बस अनियन्त्रित भई सडकको खम्बामा ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी परिसरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए । घाइतेहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
दुर्घटनाका प्रत्यक्षदर्शी गोकर्ण पुरीले बस दुर्घटनामा घाइतेको आफूहरुले उद्धार गरी एम्बुलेन्समा हालेर भक्तपुर अस्पताल पठाएको र अगाडि बस्ने दुईजनाको अवस्था भने गम्भीर रहेको जानकारी दिए । बस खम्बामा ठोक्किएर दुर्घटना हुँदा विद्युत्को खम्बासमेत भाँचिएको उनले जानकारी दिए ।
सम्बन्धित समाचारहरु:
सबैभन्दा खुशी देश फिनल्यान्ड, नेपाल कति नम्बरमा ?
सार्वजनिक–निजी क्षेत्रको साझेदारीमा बुटवलमा सञ्चालित सडकमा स्थानीयद्वारा अवरोध
काठमाडौं महानगरका उम्मेदवार केशव स्थापित गरे मदतान
संसद् भवनभित्र प्रहरी जवान मृत अवस्थामा फेला
भिरबाट लडेर घाइते भएका प्रहरीको मृत्यु
कात्तिक कृष्णपक्षः दोस्रो चाड तिहार (यमपञ्चक) सुरु, काग तिहार भने भाेलि
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
