आर्थिक अनियमता गरेको आरोप लगाउदै छानविन समिति बनाउन भीम आचार्यको माग
काठमाडौँ । नेकपा एमालेका सांसद भीम आचार्यले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरुले अमेरिकामा आर्थिक अनियमता गरेको भन्दै छानविन समिति बनाउन माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले क्यानका पदाधिकारीले अमेरिकामा अवैध रुपमा सहयोग संकलन गर्ने र उनीहरुको मिलोमतोमा महङ्गोमा नेपालको जर्सीसमेत बिक्रिबितरण भइरहेको गुनासो आएकाले छानविन समिति बनाउन माग गरेका हुन्
।
उनले विश्वकप खेल्ने नेपाली खेलाडीहरुलाई होटलमा उभ्याएर चन्दा उठाएको आरोप लगाए । खेलाडीले हस्ताक्षर गरेको खेल सामाग्रीहरु पनि मर्यादाहिन ढंगले बिक्रिबितरण गरेको र त्यसको लाभ क्यान पदाधिकारीले लिएको उनको आशंका छ ।
त्यस्तै उनले विश्वकप खेल्नका लागि क्यानको कमजोरीका कारण सन्दीप लामिछाने समयमा नै खेलमा सहभागी हुन नपाएको बताए । नेपाली टीमलाई पराजित गर्नका लागि क्यान पदाधिकारी नै लागेको उनको भनाइ छ ।
सम्बन्धित समाचारहरु:
‘भारतबाट गुणस्तरहीन मह सस्तोमा आयात हुँदा नेपाली मह बिक्रीमा समस्या’
एकीकृत समाजवादीले महाधिवेशनका लागि वैशाखमा प्रतिनिधि चयन गर्ने
पोखरामा विद्यालयको बस दुर्घटनामा आमा–छोराको मृत्यु
दोस्रो संस्करणको प्रधानमन्त्री कप सोमबार देखि सुरु
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त
नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
