विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बैशाख ६ गते दिनको १ बजेका लागि कोशी प्रदेश सभाको विशेष अधिवेशन आव्हान गरेका छन् ।
कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरुले चैत २६ गते लिखितरुपमा अधिवेशन आव्हान गर्न अनुरोध गरेका थिए । सोही अनुरोधको आधारमा प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम विसं २०८१ वैशाख ६ गते दिनको १ बजे कोशी प्रदेशसभा हल विराटनगरमा अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
कोशी प्रदेशका नेकपा एमालेका ३९ जना र माओवादी केन्द्रका १३ जना गरी ५२ जना प्रदेश सांसदहरुले विशेष अधिवेशन माग गरेको आधारमा प्रदेश प्रमुख खापुङले विशेष अधिवेशन आव्हान गर्नुभएको हो । संविधान अनुसार प्रदेश सभाको एक चौथाई सदस्यले लिखित अनुरोध गरेमा अधिवेशन आव्हान गर्ने संवैधानिक प्रावधान रहेको छ भने अन्य अधिवेशनहरु भने प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुखले आव्हान गर्ने प्रावधान छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अल्पमतमा परेपछि पनि राजीनामा नदिएपछि र विश्वासको मत पनि नलिने अडान लिएपछि नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले विशेष अधिवेशन आव्हानका लागि चैत्र २६ गते प्रदेश प्रमुखको कार्यालयमा निवेदन दर्ता गराएका थिए ।
सम्बन्धित समाचारहरु:
राष्ट्रिय योजना आयोगको सदस्य पदबाट चार जनाले राजीनामा
विकासोन्मुख देशमा जनताको राम्रो स्वास्थ्यमा पहुँच नहुनु समस्याको विषय हो : उपराष...
बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु
नेपाल र कतारबीच भए यी ८ क्षेत्रमा सहकार्य गर्ने सम्झौता, के–के हुन् ?
स्थानीय तहको निर्वाचन सार्ने गठबन्धनको षडयन्त्र- अध्यक्ष केपी शर्मा ओली
मदन–आश्रित स्मृति दिवसले वामपन्थीबीच एकता गर्ने प्रेरणा दिन्छ: प्रचण्ड
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts