कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै

सारांश :

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ ।

मुख्यमन्त्री बन्दा उनलाई समर्थन गरेको दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनु परेको हो । माओवादी केन्द्रले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन भदौ १४ गते फिर्ता लिएको थियो ।

केन्द्रमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बनेपछि कार्की नेतृत्वको सरकारबाट माओवादी साउन ११ बाहिरिएको थियो । सरकारबाट बाहिरिएको १ महिनापछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो । कोशीमा प्रदेशसभामा दुई ठूला दलको गठबन्धन रहेकाले मुख्यमन्त्री कार्कीले सहजै विश्वासको मत पाउने अवस्था छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सांसद र दोस्रो ठूलो दल कांग्रेससँग २९ जना सांसद छन् । 

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!