डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन् । कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो । उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो । उनको निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताएका छन् ।
सम्बन्धित समाचारहरु:
प्रधानमन्त्री ओलीले भने : देशको अवस्थालाई उज्यालोतर्फ लैजानु अहिलेको आवश्यकता हो
जेठमा सुरु हुने भयो तेस्रो संस्करणको नेपाल बास्केटबल लिग
गुडिरहेको बसबाट एक्कासी धुँवाको मुस्लो निस्किएपछि....
निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह - दि...
नेपालगञ्जमा ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रसारण लाइन जडान
जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्छु - उपाध्यक्ष सुवास नेम्वाङ
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts