काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र टंक लाइन उपयोग गरेबापतको विलको सम्पूर्ण प्रमाण सुरक्षित रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले डेडिकेटेड र टंक लाइन उपयोग गरेबापतको विलमा कुनै चलखेल नभएको दावी गर्दै सम्पूर्ण प्रमाण सुरक्षित रहेको बताएका हुन् । उनले प्राधिकरणसंग भएको बिलको प्रमाण यसअघि अदालत र अघिल्लो सार्वजनिक लेखा समितिमा समेत पेश भइ आवश्यक आदेश र निर्णय भएको जिकिर गरेका छन् ।
टिओडी मिटरको रिडिङ प्राधिकरणसंग नरहेको भन्ने बिषय सहि नभएको भन्दै उनले सवै बिबरण प्राधिकरणसंग रहेको बताए । अहिले सार्वजनिक लेखा समितिले मागेका सवै बिबरण प्राधिरणले पठाइसकेको र त्यसमा सपोर्टका लागि अन्य कागजात पनि समावेश गरिएको उनले जानकारी दिए ।
उनले आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको बताए । उनका अनुसार प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि २ खर्व ११ अर्व रुपैयाँ रहेकोमा हाल ६ खर्व ३२ अर्व रुपैयाँ पुगेको छ । उनले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको बताएका छन् ।
निर्यातको मात्रा बढ्दै गएर गत आर्थिक बर्षमा १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको उल्लेख गरेका छन् । नेपालको स्वच्छ हरित ऊर्जा छिट्टै बङ्गलादेश पनि निर्यात हुन लागेको जानकारी दिदै घिसिङले यसका लागि आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बंगलादेशका निकायहरुबीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको बताएका छन् ।
उनले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर गत आर्थिक वर्षमा प्रणलीको चुहावट करिव १२ दशमलव ७३ प्रतिशतमा झारिएको उल्लेख गरे । उनले तीन वर्षअघि ८९ दशमलव ७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको जानकारी दिएका छन् ।
घर र वस्ति मात्रै नभई उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको उहाले बताउनुभयो । उहाले सन् २०३५ भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहितको सरकारको कार्ययोजना पूरा गर्न प्राधिकरण क्रियाशील रहने र सरकारको निर्देशन र उपभोक्ताको हित प्राधिकरणका लागि सर्वोपरि भएको स्पष्ट पारे ।
सम्बन्धित समाचारहरु:
आज थप १७ जनामा कोरोना
हरितालिका तीज : पशुपति क्षेत्रमा तयारी पूरा, चार वटै सुरक्षा निकायले सुरक्षा दिन...
ट्राफिक प्रहरीद्वारा तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन
नितिनको निर्देशन रहेको ‘पिरिम लाम’ लोकप्रिय बन्दै
राष्ट्रपति भण्डारी द्वारा निर्माण भएको ऐतिहासिक काष्ठमण्डपको उद्घाटन ।
ऊर्जा विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
