काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई तोकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्यका लागि उपप्रधानमन्त्री महासेठलाई जिम्मेवारी तोकिएको हो ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री महासेठले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री दाहाल भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गर्नुहुने समारोहमा सहभागी हुन आज नयाँदिल्ली प्रस्थान गरेका हुन् । भारतीय जनता पार्टीका नेता मोदीले भारतको प्रधानमन्त्री पदमा तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।
सम्बन्धित समाचारहरु:
फास्टट्रयाकको अनुगमनमा जाँदै प्रधानमन्त्री ओली
बाढी पीडितको उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण
देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकताः प्रधानमन्त्री ओली
नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण
रायमाझी बाबुछोरा अलग-अलग हिरासतमा
एकीकृत समाजवादीले महाधिवेशनका लागि वैशाखमा प्रतिनिधि चयन गर्ने
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
