काभ्रे । काभ्रेपलाञ्चोकको कोशिपारीस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका वडा नं ५ मुलाबारीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज बिहान भएको दुर्घटनामा चालकसहित १० जना घाइते भएका हुन् । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।
सुमो अनियन्त्रित भई सडकबाट करिब ३०/३५ मिटर तल खसेको जनाइएको छ । उक्त गाडीमा आठ महिला र दुई जना पुरुष सवार थिए । जसमध्ये तीन जना महिलाको अवस्था जटिल रहेको र अन्य सातको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।
सम्बन्धित समाचारहरु:
अल्मुताइरीसँगको बिबादका कारण अचानक खेलाडीले प्रशिक्षण क्याम्प छोडे
आरजु राणाले दिइन् साइबर ब्यूरोमा उजुरी
सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी छ : उपप्रधानमन्त्री सिंह
टरवाइनको परीक्षण अन्तिम चरणमा
अमेरिकी संसद् सदस्यहरुको र नेपाली सांसदबीच दुईपक्षिय सम्बन्धको बिषयमा छलफल
शैक्षिक प्रमाणपत्र नक्कली पेश, शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
