काठमाडौँ । राजधानीको दरबारमार्गमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थक कुटिएका छन् । बालेनको पक्षमा नारा लगाएका उनलाई युवाहरुको अर्को समूहले कुटपिट गरेको हो । दरबारमार्गमा बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा ती युवकले ‘बालेन ! बालेन !’ भनेर नारा लगाउन थालेपछि कुटपिट भएको प्रहरीले जानकारी दिएको छ ।
प्रत्यक्षदर्शीले ती युवकलाई करिव पाँच जना युवाको समुहले कुटपिट गरेको बताएका छन् । कुटपिट गर्ने व्यक्तिहरूको पहिचान खुलेको छैन । कुटपिट लगत्तै युवाहरु भागेको बताइएको छ ।
संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठुलो संख्यामा युवाहरु राष्ट्रिय झण्डासहित भेला भएका छन् । सो कन्सर्टमा प्रधानमन्त्री केपी ओली समेत साँझ सहभागी हुने उनको सचिवालयले जनाएको छ ।
कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायतको प्रस्तुती रहने बताइएको छ ।
सम्बन्धित समाचारहरु:
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलाई फोर.एच.नेपालले बुझायो १० बुँदे घोषणा प...
नयाँ सरकारको स्थायित्वमा नागरिकको आशंका
भेरी करिडोर–राप्ती लोकमार्ग अवरुद्ध
उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट
आजकाे माैसम : तीन वटा प्रदेशमा बिहानैदेखि वर्षा
मन फराकिलो बनाएर संवाद गरेमा नेपाल–भारतबीचका समस्या समाधान गर्न सकिन्छः प्रधानमन...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
