काठमाडौँ । लोकप्रिय कवि एसडी ढकालको “दोधार“ कविता संग्रह भित्रको एउटा सिर्जना “आँशु लुकाऊँ कसरी” बोलको गीत सार्वजनिक भएको छ । जसमा नेपाल आइडल सिजन–५ का विजेता गायक करण परियारको सुमधुर स्वर सजिएको छ ।
गीतमा शब्द रचना तथा कन्सेप्ट कवि एसडी ढकालको नै रहेको छ भने संगीत संयोजन कर्ण संञ्यालले गरेका हुन् । केशव बडुको एरेन्ज रहेको यस गीतको छायांकन तथा निर्देशन देव राज आचार्यले गरेका छन् ।
भिडियोमा मोडल डा.इन्जि.शंकर ढकाल(एसडी) र मिस टिन युनिभर्स नेपाल, २०२१ की अभिनेत्री श्रेयंका थापा (सिन्दूर) को अभिनय रहेको छ । साथै अध्यात्मिक ढकाल, कर्ण सञ्ज्याल, निर्मला ढकालको पनि अभिनय रहेको छ ।
गीतको भिडियो सम्पादन हिम्मत सिंह चैसिरले गरेका हुन् । गीतको म्यूजिक भिडियोलाई डा इन्जि.शंकर ढकाल नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
“कवि एसडी“ र “कवि सिन्दुर“ बीचको प्रगाढ प्रेम र बिछोड पछिका देखाउन सकिन,े नसकिने गतिविधि, रोदन र समग्र जिन्दगीका अवयवमा आधारित गीतको भिडियो छायांकन गरिएको हो । आज २०८१ साल असोज ११ गते शुक्रबारका दिन सांगीतिक कोसेली र दुबै कृति (“दोधार“ र “आँशु लुकाऊँ कसरी“) को बिमोचन इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा कवी तुलसी दिवसको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी सम्पन्न गरिएको हो ।
गीतको पुरा भिडियो हेर्न यहाँ लिकं क्लिक गर्नुहोस् ।
सम्बन्धित समाचारहरु:
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे
प्रधानमन्त्री ओली र डा.सन्दुक रुइतबीच भेटवार्ता, के भयो कुराकानी ?
झापामा आठ सय ८५ इजाजत प्राप्त हतियार
प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट
मन्त्री यादवद्धारा फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
सन्दर्भः जनसंख्या दिवस–जनसंख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञहरुको सुझाव
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts