गोरखा । विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
आरुघाट गाउँपालिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
“सुरजकी जेठी श्रीमती रिता गुरुङले भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको जाहेरी दर्ता गर्नुभएको थियो”, उनले भने, “लगत्तै विदेश जान लागेको थाहा पाएपछि अध्यागमन कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयसँग आवश्यक समन्वय गरी अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो ।”
कसुरबाट भाग्न सुरज वैदेशिक रोजगारीका लागि कतार जान लागेको भन्ने प्रहरीले सूचना पाएपछि आवश्यक समन्वय गरी विमानस्थलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । सुरजकी जेठी श्रीमती रिताले आफू हुँदाहुँदै श्रीमानले कान्छी घताने गुरुङसँग विवाह गरेको भन्दै प्रहरीमा बहुविवाहको जाहेरी दिएका थिए ।
सम्बन्धित समाचारहरु:
‘मैले १६२, १६४ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेँ तर तिनीहरू गणना भएनन्': पूर...
घाेडेजात्रा पर्व आज मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा
आज पनि सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
शंखमुलमा आगलागी हुँदा पाँचवटा पसल जलेर नष्ट , लाखौंको क्षति
विश्वभर एक दिनमा एक अर्ब डलरको खाना खेर जान्छ
मुलुकको अर्थतन्त्रलाई सुधार गर्न खोज्दा गभर्नरलाई हटाइयो -अध्यक्ष केपी शर्मा ओली
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts