सिमकोट । नेकपा एमाले हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उनि अध्यक्षमा निर्वाचित भएक हुन् ।
अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो । गए राति नै मतगणना गरिएको थियो । अध्यक्षमा बुमीका निकटतम प्रतिद्वन्द्वी डबल रावत रहेका थिए । उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुला उपसचिवमा पनि बुमीको प्यानल विजयी भएको छ ।
प्रकाशबहादुर शाही उपाध्यक्षमा, तीर्थराज बोहरा सचिवमा, प्रदीप लामा खुला उपसचिवमा तथा मञ्जु रावल महिला उपसचिवमा निर्वाचित भएका छ । अन्य खुला सदस्य, महिला सदस्य र दलित सदस्यको मत गणना भइरहेको निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीले जानकारी दिए ।
सम्बन्धित समाचारहरु:
जापानी विदेशमन्त्री खामिखावा नेपालमा
डेडिकेटेड तथा ट्रंक लाईन वक्यौता रकम असुली गर्ने कुलमानको अडान
कानून बनाएर व्यवसायीहरुको समस्या दिर्घकालीन रुपमा समाधान गर्नुपर्छः नेता मेटमणि ...
‘वर्तमान गठबन्धन सरकारको प्रमुख कार्यभार संविधान संशोधन हाे’ : नेता काेइराला
महानगरपालिकाले २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने
कांग्रेस कास्कीमा संस्थापन पक्षका बराल विजयी
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
