सिमकोट । नेकपा एमाले हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उनि अध्यक्षमा निर्वाचित भएक हुन् ।
अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो । गए राति नै मतगणना गरिएको थियो । अध्यक्षमा बुमीका निकटतम प्रतिद्वन्द्वी डबल रावत रहेका थिए । उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुला उपसचिवमा पनि बुमीको प्यानल विजयी भएको छ ।
प्रकाशबहादुर शाही उपाध्यक्षमा, तीर्थराज बोहरा सचिवमा, प्रदीप लामा खुला उपसचिवमा तथा मञ्जु रावल महिला उपसचिवमा निर्वाचित भएका छ । अन्य खुला सदस्य, महिला सदस्य र दलित सदस्यको मत गणना भइरहेको निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीले जानकारी दिए ।
सम्बन्धित समाचारहरु:
मेरो नेतृत्वको सरकारले मुलुकको बिकासका लागि धेरै काम गर्यो - अध्यक्ष केपी ओली
ललितपुर महानगरपालिकाद्वारा स्वीकृतिविना राखिएका बोर्ड हटाउन निर्देशन
जनतासंग गरेका प्रतिवद्धता पुरा गर्छु - उम्मेदवार सिर्जना सिंह
जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्छु - उपाध्यक्ष सुवास नेम्वाङ
नेसपाले गर्यो अध्यक्ष महिन्द्र राय यादवसहितलाई पदमुक्त
विकासोन्मुख देशमा जनताको राम्रो स्वास्थ्यमा पहुँच नहुनु समस्याको विषय हो : उपराष...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
