सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा श्रेष्ठ तीन सय ६३ सहित निर्वाचित भएका निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिए । श्रेष्ठका प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गरे ।
नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल सात सत १३ खसेको थियो । चौताराको आहालडाँडामा मतदान प्रक्रिया सकिएपछि एमाले पार्टी कार्यालयमा मतगणना भएको थियो ।
उपाध्यक्षमा तीन सय ४५ मतसहित अर्जुनकुमार भण्डारी निर्वाचित भए । उनका प्रत्यासी विष्णुमणि आचार्यले तीन सय सात मत प्राप्त गरे ।
सचिवमा कृष्णगोपाल तामाङ चार सय तीन मतसहित विजयी हुनुभयो भने प्रत्यासी यज्ञराज सापकोटाले दुई सय ७० मत पाए । उपसचिव खुलातर्फ शिवहरि सापकोटाले तीन सय ३६ मतसहित विजयी हुँदा प्रत्यासी विजयकृष्ण श्रेष्ठले तीन सय १३ मत पाए ।
महिलातर्फ सुशीला पाख्रिनले चार सय ५६ मत प्राप्त गरी विजयी हुँदा प्रत्यासी शोभा कार्कीले दुई सय आठ मत प्राप्त गरे । जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेन । विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिएका थिए । पदाधिकारीसहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले जानकारी दिएको छ । अधिवेशनमा सात सय ४७ जना प्रतिनिधि थिए ।
सम्बन्धित समाचारहरु:
अध्यक्ष नेपालले दिए महाधिवेशन तयारीमा जुट्न निर्देशन
‘वर्तमान गठबन्धन सरकारको प्रमुख कार्यभार संविधान संशोधन हाे’ : नेता काेइराला
डा.महतले भनेः मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक छ
नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको जस्तो भएको छैन -राष्ट्र बैंकका पूर्व गभर्...
उपनिर्वाचनको तयारीबारे छलफल गर्न रास्वपाको बैठक
पोखराका दुई स्थानमा निषेधित क्षेत्र घोषणा
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts