नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित भएका छन् । एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा एक सय तीन सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
सोमबारदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशन बिहीबार राति सर्वसम्मतरूपमा जिल्ला कमिटी चयन गर्दै टुङ्गिएको हो । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीमलाल कँडेल, उपसचिवमा षडानन्द लामिछाने, महिला उपसचिवमा कल्पना देवकोटा छन् । कमिटीमा दुई सदस्य पछि मनोनयन गरिने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत रमेश काफ्लेले बताए ।
अधिवेशनले सदस्यतर्फ पालिका भूगोलमध्ये प्रत्येक नगरपालिकाबाट खुला चार, महिला दुई, युवा एक गरी चारवटा नगरपालिकाबाट २८ जना, गाउँपालिकाबाट खुला दुई, महिला दुई, युवा एक गरी चारवटा गाउँपालिकाबाट २० जना सदस्य निर्वाचित गरेको छ ।
जिल्लालाई एउटा भूगोल मानी खुला १४, महिला नौ र युवा चार गरी २७ सदस्य निर्वाचित भएका छन् । समावेशीतर्फबाट आदिवासी जनजातिबाट खुला तीन, महिला तीन, युवा पुरुष एक, युवा महिला एक, दलिततर्फ खुला चार, महिला दुई र युवा एक, थारू खुला तीन र महिला एक, अल्पसङ्ख्यक एक, मुस्लिम एक, अपाङ्ग एक गरी २२ र मजदुरबाट एक जना जिल्ला कमिटी सदस्य निर्वाचित भएका छन् ।
सम्बन्धित समाचारहरु:
लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन आवश्यक पर्छ : पूर्वमन्त्री डा खतिवडा
नेकपा एसद्वारा प्रगति विवरण पठाउन निर्देशन
कोरिया श्रमिक छनौट गर्ने पूर्ण अधिकार रोजगारदातामा हुन्छ : एचआरडी कोरिया
सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक
बजेटलाई सन्तुलनमा ल्याउने काम भइरहेको छः हिक्मत कार्की
मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा.यादव
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
