काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । एमाले पार्टी कार्यालय च्यासलमा बिहान ९ बजे बैठक बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार माओवादी केन्द्रसहितका दलको नयाँ गठबन्धन, सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्न बैठक बोलाइएको हो ।
त्यस्तै, एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने पनि तयारी गरेको छ । यसबारे पनि सचिवालय बैठकमा छलफल हुने बताइएकाे छ ।
एमालेको फागुन ८, ९ र १० गते सातौं केन्द्रीय कमिटीको बैठक बसेको थियो । केन्द्रीय सदस्यहरूले दिएका सुझावहरू समेटेर दस्तावेजलाई पूर्णता दिने विषयमा पनि सचिवालयल बैठकमा छलफल हुनेछ ।