काठमाडौँ । आगामी बैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा एक सय ४८ आयोजनाहरु शोकेशमा राखिने भएको छ।
मंगलबार काठमाडौंमा बसेको लगानी बोर्डको बैठकले लगानी सम्मेलनका लागि प्रविधिक समितिबाट सिफारिस भइ आएका उक्त आयोजनाहरुलाई शोकेशमा राख्नका लागि स्वीकृति दिएको हो।
बोर्डका प्रवक्ता एवं सहसचिव प्रद्युम्न प्रसाद उपाध्यायले केही छुटेका परियोजनालाई सम्मेलनमा शोकेशमा राख्नका लागि कार्यान्वयन समितिको बैठकले छलफल गरि आवश्यक निर्णय लिने जानकारी दिए।
त्यस्तै बैठकले ह्वासिन सिमेन्ट परियोजनाको लगानी स्वीकृत गर्नका लागि अध्ययन प्रतिवेदनका आधारमा ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत दिएको उनले बताए। बैठकले डावर नेपालको क्षमता विस्तार तथा उत्पादन विविधीकरणका लागि वार्ता समिति गठन भएको उपाध्यायले जानकारी दिए।
बैठकमा निजी क्षेत्रले लगानी सम्मेलनको तयारीका बिषयमा प्रसन्नता व्यक्त गरेको र बिभिन्न ऐन संशोधन गर्ने सरकारको तयारीप्रति आभार व्यक्त गरेको उनले बताए। बैठकमा बोर्डका पदाधिकारीहरुले लगानी सम्मेलनको तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
सम्बन्धित समाचारहरु:
राजेन्द्र लिङ्देनले संसद्को रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन बजेट पु...
राप्रपाका नेतामाथि कुटपिट आरोपमा पक्राउ परेका बम छुटे
एमाले गोरखा जिल्ला अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी
राष्ट्रपतिको भ्रमणबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि अभिवृद्धि भएको छ : प्रधा...
अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नु पर्छ - अग्निप्रसाद सापकोटा
लघुवित्तको सेवा शुल्क घट्यो
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
