काठमाडौँ । सरकारले ऊर्जा विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मंगलबार संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रको बिकास र विस्तारका लागि उक्त बजेट विनियोजन गरिएको जानकारी दिए । मन्त्री पुनले आगामी आर्थिक बर्ष राष्ट्रिय प्रणालीको विद्युत क्षमता चार हजार पाँच सय मेगावाट पु-याइने , प्रतिव्यक्ति विद्युत खपत ४५० युनिट पु-याउने लक्ष्य राखिएको बताए । भारत हुँदै आगामी आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाउने उनले जानकारी दिए ।
उनले सुख्खायायमको मागलाई पूर्ति गर्न बूढीगण्डकी, दुधकोशी र नलसिंगगाढ जलाशययुक्त जलविद्युत आयोजना र नौमुरे आयोजनाको निर्माण कार्य अघि बढाउने बताए ।
सम्बन्धित समाचारहरु:
स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरु तालमेलको पक्षमा छैनन् - महामन्त...
बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा करिब ९ प्रतिशत बढ्यो
उद्योगमन्त्री भण्डारी र रोमानियाका राजदूत तानेबीच शिष्टाचार भेट
मुलुकको बिकासका लागि सबै गम्भीर भएर लग्नु पर्छ : मन्त्री ज्ञानेन्द्रबहादुर कार...
बिद्यार्थी एकता दिवसमा पाँच बामपन्थी नेता एउटै मञ्चमा देखिने
बढ्याे सुनको मूल्य, हालसम्मकै उच्च
Author
-
View all postsविगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
