एजेन्सी । इजरायलले इरानमा घातक हवाई आक्रमण गरेपछि युरोपेली सङ्घ (ईयू) ले मध्यपूर्वमा ‘अनियन्त्रित तनाव’ हुन नदिन सबै पक्षलाई पूर्ण संयम अपनाउन आह्वान गरेको छ । यसअघि इरानी क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले आफ्ना लडाकू विमानले इरानी सैन्य शिविरलाई लक्षित गरी आक्रमण गरेको बताएको थियो ।
“आक्रमण र प्रतिशोधको खतरनाक चक्रले क्षेत्रीय द्वन्द्वलाई थप विस्तार गर्ने जोखिम देखिन्छ,,” इयूले जारी गरेको विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा भनिएको छ, “इजरायलको आत्मरक्षाको अधिकारलाई स्वीकार गर्दै, इयूले सबै पक्षहरूलाई द्वन्द्वको अनियन्त्रित वृद्धिबाट बच्न अत्यधिक संयम अपनाउन आह्वान गर्दछ । द्वन्द्व कसैको हितमा छैन।”
इजरायली सेनाले इरानको क्षेप्यास्त्र कारखाना र विभिन्न क्षेत्रमा रहेका सैन्य शिविरमा भएको आक्रमणमा दुई सैनिकको मृत्यु भएपछि इरानले आफ्नो प्रतिरक्षा गर्ने चेतावनी दिएको छ । अक्टोबर १ मा गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले गरेको आक्रमणको प्रतिक्रियामा पुनः आक्रमण गरेमा इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ चेतावनी इजरायलले दिएको छ ।
इयूले ’गम्भीर र बढ्दो क्षेत्रीय तनाव’ का बीच आक्रमण भएको भन्दै शान्त रहन आग्रह गरेको छ । ‘ईयू तनाव कम गर्न वा तनाव कम गर्ने उपायबारे योगदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छ र यसका लागि सबै सम्बन्धित पक्षहरूसँग घनिष्ठ सम्पर्कमा रहेको छ,” २७ राष्ट्र संलग्न सङ्गठनले भनेको छ।
सम्बन्धित समाचारहरु:
एडिबीद्वारा श्रीलङ्कालाई १० करोड डलर ऋण स्वीकृत
एडीबीद्वारा नियन्त्रण तथा सिँचाइका लागि बङ्गलादेशलाई सात करोड सहयोग
विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ
हिरासतमा राखिएका कैदी बालबालिका र नागरिकलाई युक्रेनमा फिर्ता गर्नुपर्छ : जेलेन्स...
इजरायली बमबारीबाट गाजामा नौ प्यालेस्टिनीको मृत्यु, दर्जनौँ घाइते
चीन र रुसका विदेशमन्त्रीद्वारा राष्ट्रसङ्घमा युक्रेन सङ्कटबारे छलफल
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts