एजेन्सी । गाजा शहरमा विस्थापितहरूको एक विद्यालयको आवास गेटमा भएको इजरायली बमबारीमा कम्तीमा नौ प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले जनाएका छन् ।
इजरायली विमानले दर्जनौँ विस्थापित परिवारहरू बस्ने गाजा सहरको अल–रिमाल छिमेकमा रहेको विद्यालयको गेटमा कम्तीमा एउटा मिसाइलले बम प्रहार गरेको प्यालेस्टिनी सुरक्षा स्रोतले जनाएको छ ।
गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले अन्तर्राष्ट्रिय समुदायलाई स्वास्थ्य प्रणाली बचाउन, अस्पतालहरूको कार्यप्रणाली सुनिश्चित गर्न आवश्यक सहयोग र जेनेरेटरहरू खरिद गर्न आह्वान गरका छन् । स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूलाई आवश्यक विद्युतीय ऊर्जा आपूर्ति गर्न करिब नौ महिनादेखि डिजेल जेनेरेटरमा भर परेको एक प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । मन्त्रालयले इजरायली सेनाले केही जेनेरेटरहरू ध्वस्त बनाएको र प्रत्यक्ष बमबारी गरेको बताएको छ ।
इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमानामा हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो । यसमा लगभग एक हजार दुई सय मानिस मारिएका थिए भने दुई सय ५० जनालाई बन्धक बनाइएको थियो ।
यसबाट कूल मृत्यु हुनेको सङ्ख्या ३८ हजार सात सय ९४ पुगेको र सन् २०२३ को अक्टोबरमा प्यालेस्टिनी–इजरायली द्वन्द्व सुरु भएदेखि ८९ हजार तीन सय ६४ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले एक विज्ञप्तिमा भनेका छन् ।
सम्बन्धित समाचारहरु:
भारतद्वारा श्रीलङ्कालाई ऊर्जा परियोजनाको पहिलो भुक्तानी हस्तान्तरण
वैदेशिक रोजगारीमा कुवेत पुगेका तीनजना नेपालीको ज्यान गयो
गुगलले सूर्यग्रहणलाई विशेष ‘एनिमेसन’सहित देखाउने
दिल्लीको जहांगीरपुरीमा आरोपीलाई पक्राउ गर्न गएका प्रहरी टोली माथिनै आक्रमण
स्पाइसजेटको उडानमा ठूलो टर्ब्युलेन्स, १५ जना घाइते अनुसन्धान जारी
ब्ल्याक होलमा पहिलो पटक देखियो ‘जागरण’
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
