जेरुसेलम । गाजामा रहेको संयुक्त राष्ट्र संघले सञ्चालन गरिरहको एक विद्यालयमा इजरायली सेनाले आक्रमण गर्दा कम्तीमा १८ जनाको ज्यान गएको छ ।
प्रत्यक्षदर्शीका अनुसार ‘महिला र बच्चाहरू’ टुक्राटुक्रा भएका छन् । यसरी मारिने मध्ये ६ जना युनाइटेड नेसन रिलिफ एन्ड वर्क एजेन्सीमा आबद्ध थिए। युद्ध सुरु भएयता त्यहाँका कर्मचारीको ज्यान नै जाने गरी भएको यो सबैभन्दा ठूलो हमला हो। सो आक्रमणमा सेल्टरका मेनेजरकोसमेत मृत्यु भएको छ ।
पछिल्लो अवस्था हेर्दा त्यहाँ भुइँमा फोहोर छरिएका छन् । रगत सुक्दै गएपछि वातावरण नै दुर्गन्धित भएको छ । प्रत्यक्षदर्शीका अनुसार मानिस खाना पर्खिरहेको समयमा सो आक्रमण भएको थियो ।
इजरायल गाजा युद्धमा अहिलेसम्म ४१ हजारभन्दा बढीको ज्यान गएको छ भने ९५ हजार भन्दा बढी विस्थापित भएका छन्। पछिल्लो घटना अनुसार एक ४६ वर्षीया महिलाको छातीमा गोली हानेर हत्या गरिएको छ।
गत वर्षको ७ अक्टोबरदेखि सुरु भएको यस युद्धमा हरेक दिन यस्ता बिभत्स घटना भएका छन् । यसैबीच, हमासले वार्ताको मध्यस्थता गरिरहको पक्षसँग युद्ध विरामका लागि आफूहरू तयार रहेको जानकारी गराएको छ । यस युद्धमा इजिप्ट र कतारले मध्यस्थता गरिरहेका छन्। इजरायलले लगातार आक्रमण गरेको छ भने हमासले बन्दीकोसमेत हत्या गरिसकेको छ।एजेन्सी
सम्बन्धित समाचारहरु:
गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता
ताइवानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
स्पाइसजेटको उडानमा ठूलो टर्ब्युलेन्स, १५ जना घाइते अनुसन्धान जारी
हिजबुल्लाह–इजराइल द्वन्द्वले दक्षिण लेबनानमा ३५ करोड डलरको क्षति
चिनियाँ राष्ट्रपति सीद्वारा मध्यपूर्व शान्ति सम्मेलनका लागि आग्रह
अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
