एजेन्सी । इजरायलमा नयाँ चुनाव र गाजाका बन्धकलाई फिर्ता गर्न आह्वान गर्दै शनिबार राति हजारौं आन्दोलनकारीले इजरायलका विभिन्न भागमा सरकार विरोधी प्रदर्शन गरेको ‘द टाइम्स अफ इजरायल’ ले जनाएको छ ।
सत्तारूढ लिकुड पार्टीको मुख्यालय रहेको बेइट जबोटिन्स्की बाहिर किङ जर्ज स्ट्रिटमा इजरायली नागरिकले विरोध प्रदर्शन गरेका हुन् । केही प्रदर्शनकारीले जतिसक्दो छिट्टै निर्बाचन गर्नुपर्ने र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गर्दै प्रदर्शनमा भाग लिएका थिए ।
मुख्य -याली समाप्त भएपछि प्रदर्शनकारीले टायर जलाएर सडक अवरुद्ध गरेका थिए । द टाइम्स अफ इजरायलले रिपोर्ट गरेअनुसार भीडलाई नियन्त्रण र सडक खाली गर्ने क्रममा तैनाथ प्रहरीले तीन जना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।
यसैबीच, हजारौं व्यक्तिले आजजा स्ट्रिटमा रहेको इजरायली प्रधानमन्त्री नेतान्याहुको निवास बाहिर पनि विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले हमासद्वारा बन्धक बनाइएका परिवारका सदस्यको नेतृत्वमा तत्काल सम्झौता र चाँडै चुनावको माग गर्दै किङ जर्ज स्ट्रिटमा पदयात्रा गरे । प्रदर्शनकारीले नेतान्याहुको सरकारले हेजबुल्लाह गोलीकाण्डका कारण आठ महिनाभन्दा बढी समयदेखि विस्थापित भएका इजरायलको सङ्कटग्रस्त उत्तरी समुदायका करिब ६० हजार बासिन्दालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
‘होस्टेज एन्ड मिसिङ फेमिलीज फोरम’ले देशभरि ¥याली आयोजना गरेको छ । उनीहरूले नोभेम्बरमा हमासले कैदबाट रिहा गरेका बन्धकहरूको सम्बोधन गर्न पनि आग्रह गरिएको छ । अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका ११६ जना गाजामा रहेका छन्, तिनीहरू सबै जीवित छैनन् भन्ने विश्वास गरिन्छ ।
युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने ढाँचाभित्र मात्र बन्धकहरूलाई रिहा गर्ने हमासको मागलाई इजरायलले अस्वीकार गर्दै आइरहेको छ ।
यसैबीच, बन्धक नामा लेवीको २० औँ जन्मदिन मनाउन तेल अबिबमा हजारौँ मानिसहरूले ¥याली निकालेका छन् । नामा लेवीका बुबा, योनी लेवीले भने, “उनी यहाँ आफ्नो परिवारसँग, आफ्ना साथीहरूसँग हुनु आवश्यक छ ।” नाहल ओज सैन्य आधारबाट नामालाई अपहरण गरेपछि उनि हमासको एउटा भिडियो टेलिग्राममा देखापरेको थियो ।
भिडियोमा उनको हात बाँधिएको र प्यान्ट रगत र मैलोले ढाकिएको थियो ।
हमास लडाकूले दक्षिणी इजरायलमा आक्रमण गरी करिब एक हजार २०० जनाको हत्या गरी २५१ जना बन्धक बनाएपछि अक्टोबर ७ मा सुरु भएको युद्धलाई सरकारले नियन्त्रण गरेको भन्दै विरोधमा प्रदर्शनकारीहरूले हरेक शनिबार राति महिनौँदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।
सम्बन्धित समाचारहरु:
वेस्ट बैंकमा इजरायली आक्रमणको क्रममा अल-जजिरा रिपोर्टरको मिर्त्यु
८७२ आप्रवासी लिबियाको तटबाट फर्काइए
अफगानिस्तानमा बर्षा र असिनाका कारण ३५ जनाको मृत्यु २३० घाइते
हाइटीमा ट्याङ्कर विस्फोट, २४ जनाको मृत्यु
सौर्य आँधी पृथ्वीसँग ठोक्किँदा सम्पूर्ण उत्तरी गोलार्द्धमा रङ्गीन प्रकाश देखियो
राष्ट्रपति बाइडेनद्वारा युक्रेनी ऊर्जा केन्द्रमा भएको रूसी हमलाको निन्दा
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
