काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले आवश्यक कानून बनाएर व्यवसायीहरुको समस्या दिर्घकालीन रुपमा समाधान गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंको माइतिघरमा क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनरत क्रसर व्यवसायीहरुको धर्नामा पुगेर ऐक्यवद्धता जनाउदै चौधरीले आवश्यक कानून बनाएर व्यवसायीहरुको समस्या दिर्घकालीन रुपमा समाधान गर्नुपर्नेमा जोड दिएका हुन् । आफ्नो कुर्सी जोगाउने खेलमा मात्रै सरकारको ध्यान रहेकाले धेरैका मागहरु अलपत्र अवस्थामा रहेको उनले बताए । सदनबाट पनि क्रसर व्यवसायीको माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएको जिकिर गर्नुभयो । चौधरीले आन्दोलनरत पक्षसंग वार्ता र छलफल सुरु गर्न पनि आग्रह गरे ।
क्रसर बालुवा तथा खानी उद्योग नियमानुसार नविकरण नगरिएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघ निरन्तर आन्दोलनमा छन् । उनीहरुले दुरी सम्बन्धी मापदण्ड २०७७ अव्यवहारिक भएकाले खारेज गर्नुपर्ने र २०७९ माघ ११ गते मन्त्रीपरिषद्को ढुङ्गा गिट्टी सम्बन्धी भएको निर्णय कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।
सम्बन्धित समाचारहरु:
राजेन्द्र लिङ्देनले संसद्को रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन बजेट पु...
सुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालन
नेप्से परिसूचक ५८ दशमलव ९३ अङ्कले घट्याे
पोखराका दुई स्थानमा निषेधित क्षेत्र घोषणा
सुविधासम्पन्न अस्पताल भवन पाँच महिनादेखि उपयोगविहीन
विकासोन्मुख देशमा जनताको राम्रो स्वास्थ्यमा पहुँच नहुनु समस्याको विषय हो : उपराष...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts