एजेन्सी । युक्रेनले आइतबार जापोरिझ्झिया आणविक ऊर्जा केन्द्रमा भएको ड्रोन आक्रमणमा आफ्नो संलग्नताको आरोपलाई अस्वीकार गरेको छ । आणविक ऊर्जा केन्द्रमा कुनै पनि सशस्त्र क्षेत्रमा संलग्न नरहेको युक्रेनको सैन्य गुप्तचर निकायका प्रवक्ता एन्ड्री युसोभले बताए ।
आणविक केन्द्रको गुम्बजमा भएको आक्रमणबाट गम्भीर चोटपटक नभएको र सुरक्षा सीमा उल्लङ्घन गर्ने कुनै खतरा नभएको पनि किएभले दावी गरेको छ । उक्त ड्रोन आक्रमणले छ वटा उर्जा उत्पादन एकाइमध्ये एउटालाई क्षति पुर्याएको र आणविक सुरक्षामा संवेदनशिलता नदेखाइएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले जानकारी दिएको छ ।
रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अन्तर्राष्ट्रिय समुदायले आणविक केन्द्रमा हालै गरिएको ड्रोन आक्रमणको जवाफ युक्रेनले दिनुपर्ने बताएका छन् । जापोरिझ्झिया आणविक ऊर्जा केन्द्र युरोपको सबैभन्दा ठूलो आणविक उर्जा उत्पादन केन्द्र हो र यसमा छ गिगावाट कुल क्षमता भएको छ वटा इन्धन एकाइहरू समावेश गरिएको छ ।
सम्बन्धित समाचारहरु:
सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी
अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० जनाको मृत्यु
बाइडेनले अमेरिकी नागरिकको जीवनसाथीका लागि अध्यागमन मार्गलाई सहज बनाउने
७ देशद्वारा माल्टामा जहाजहरूको न्यायिक बिक्रीमा संयुक्त राष्ट्र महासन्धिमा हस्ता...
नेपाल र बंगलादेशको संयुक्त लगानीमा बन्ने सुनकोशी तेस्रो जलविद्युत आयोजना
१८औँ लोकसभाको पहिलो सत्र जुन २४ मा सुरू हुने
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
