काठमाडौँ । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम बुद्धको २५६८ औं जयन्ती, बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइएको छ ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्ने गर्दछन् । यस अवसरमा काठमाडौंको स्वयम्भूमा विशेय पूजाआजासहित मेला लागेको छ । बुद्ध जयन्तीको अवसरमा स्वयम्भूमा लाग्ने वैशाख पूर्णिमा मेलालाई काठमाडौँ महानगरपालिकाले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिसँग समन्वय गरी आर्थिक सहयोग तथा भीड व्यवस्थापन गरेको हो ।
इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । उनी २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किए । दरबार त्यागेर निस्केपछि नै उनले बुद्धत्व प्राप्त गरेको कथन छ ।
सम्बन्धित समाचारहरु:
हामी बिरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन्ः अध्यक्ष नेपाल
बाँकेका विभिन्न अस्पतालमा रगतको अभाव
झापामा गत आर्थिक वर्षमा एक हजार एक सय १० नयाँ उद्योग दर्ता
नेपाल–भारत सीमा थप एक घण्टा खोल्ने सहमति
स्पाइसजेटको उडानमा ठूलो टर्ब्युलेन्स, १५ जना घाइते अनुसन्धान जारी
मधेस प्रदेशका मुख्यमन्त्रीकी श्रीमती र स्वकीय सचिव पनि उम्मेदवारमा
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
