काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुुपर्नेमा जोड दिँदै नेपाल पत्रकार महासंघले शुक्रबार काठमाडौंमा प्रभातफेरीको आयोजना गर्दै विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको हो । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको थियो ।
दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ ।
सम्बन्धित समाचारहरु:
‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि फेरि गोली प्रहार
बैंकिङ तथा वित्तीय कारोवारका लागी पनि राष्ट्रिय परिचयपत्र अनिवार्य
मुलुकको अर्थतन्त्रलाई सुधार गर्न खोज्दा गभर्नरलाई हटाइयो -अध्यक्ष केपी शर्मा ओली
आज सुवासचन्द्र नेम्वाङको प्रथम स्मृतिसभा मनाइँदै
खरिपाटी बस दुर्घटना: १० जना घाइते, दुईकाे गम्भीर अवस्था
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts