काठमाडौँ । टि ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज फर्कंदै छ । सेन्ट भिन्सेन्टबाट अमेरिकाको फ्लोरिडा त्यसपछि कतारको दोहा हुँदै बिहीबार काठमाडौं पुग्नेछ । हवाई टिकटका कारण टोली दुई समूह गरेर काठमाडौं पुग्ने बताइएको छ ।
विश्वकप तयारीकै सिलसिलामा गएको नेपाली टोली झन्डै डेढ महिनापछि स्वदेश फर्कन लागेको हो । सुरुमा नेपालबाट फ्लोरिडा पुगेको नेपाली टोली ३ वटा अभ्यास खेलका लागि सेन्ट भिन्सेन्ट गएको थियो ।
विन्डवार्ड भोलक्यानोजसँँग २-१ को जितपछि थप २ अभ्यास खेलका लागि टेक्सासको हुस्टन पुगेको थियो । त्यहाँ हुस्टन हरिकन्सलाई २-० ले हराएपछि टोली विश्वकपका लागि डालास पुगेको थियो । त्यसपछि नेपाली टोलीले वार्नअपसहित कुनै खेल जितेन ।
जुन २७ मा क्यानाडासँगको वार्म अप खेल हारेको नेपाली टोलीले जुन ४ मा नेदरल्यान्ड्ससँगको विश्व कपको पहिलो खेल ६ विकेटले गुमाएको थियो । जुन ११ मा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि टोली जुन १३ मा सेन्ट भिन्सेन्ट पुगेको थियो ।
जुन १४ मा दक्षिण अफ्रिकासँगको रोमान्चक खेलमा १ रनले पराजित भएसँगै नेपाली टोली विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो । समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएपछि नेपालले विश्वकप यात्राको अन्त्य गरेको छ ।
सम्बन्धित समाचारहरु:
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुवै टिमले छैटौं आर.बि.बि. ह...
महिला भलिबलमा आज नेपालले कीर्गिस्तानसँग खेल्दै
पेरिस ओलम्पिकमा तीनदेखि पाँच अर्ब युरो खर्च हुने
साफ यू-२० च्याम्पियनसिप : पेनाल्टीमा भुटानलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश
वैशाखमा तीन गते बाट स्ट्रिट वर्कआउट च्यालेज
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts