काठमाडौँ । नेपाल नजिक रहेको मनसुन न्यूनचापीय रेखा आजदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ ।
अहिले देशभर साधारणतया बदली रहेको छ । काठमाडौँसहित मुलुकका विभिन्न भागहरुमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार अझै केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
मधेश, बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
वर्षाको कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
सम्बन्धित समाचारहरु:
तालमेलका बिषयमा जेजस्तो बहस भएपनि अब पार्टीले गरेको निर्णय अनुसार सबै अघि बढ्छ -...
दशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिदै
बित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता रहेको...
पटके सवारी रुट इजाजतपत्र अब अनलाइनबाट
श्रीलंका संकट: प्रधानमन्त्री राजापाक्षेलाई प्रदर्शनकारीको हमला, राजीनामा दिन आग्...
नेपाली कांग्रेसद्वारा स्थानीय तह केन्द्रीत घोषणापत्र सार्वजनिक
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
