काठमाडौँ । नेपाल नजिक रहेको मनसुन न्यूनचापीय रेखा आजदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ ।
अहिले देशभर साधारणतया बदली रहेको छ । काठमाडौँसहित मुलुकका विभिन्न भागहरुमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार अझै केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
मधेश, बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
वर्षाको कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
सम्बन्धित समाचारहरु:
अध्यक्ष नारायणमान बिजुक्छेँद्वारा भक्तपुरमा मतदान
संविधानको मर्मअनुरुप काम गर्नुपर्नेमा कोशी प्रदेशका मुख्यमन्त्रीकाे जाेड
दोस्रो संस्करणको प्रधानमन्त्री कप सोमबार देखि सुरु
आज विश्व प्रेस स्वतन्त्रता दिवस
र्आपूर्ति व्यवस्थाको समस्यालाई गम्भीर भएर समधान गर्छु : मन्त्री दीलेन्द्रप्रसाद ...
भेरी करिडोर–राप्ती लोकमार्ग अवरुद्ध
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts