काठमाडौं । नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति कोशी प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी पहाडी भूभागका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको छ ।
सम्बन्धित समाचारहरु:
बाढीले क्षति गरेको नख्खु खोलाको पानी वितरण गरिने
भक्तपुर मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार न...
नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा समन्वय र सहकार्य आवश्यक : स्वास्थ्य तथा जनस...
चीनमा H3N8 बर्ड फ्लूको पहिलो मानव केस
ललितपुर महानगरपालीकाको प्रमुख र उपप्रमुखमा राप्रपाले उम्मेद्वारी दर्ता गरायो
भ्रष्टाचारबिरुद्ध नेकपा एसले आज देशैभरी प्रदर्शन गर्ने
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts