काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहेको छ ।
दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ । यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । राति भने देशका पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकी भागको मौसम सफा रहनेछ ।
सम्बन्धित समाचारहरु:
राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहालद्वारा पद तथा गोपनियताको सपथ
एमालेलाई जनताबाट टाढा बनाउन गठबन्धनले भ्रम छरिरहेको छ - अध्यक्ष केपी शर्मा ओली
बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो
आजदेखि थानकोट चन्द्रागिरि–चित्लाङ सडक एक महिनाका लागि बन्द
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा नियुक्त भए गोविन्दप्रसाद शर्मा कोइरा...
मुलुकलाई दुर्घटनाबाट बचाउने काम गठबन्धनले गरेको छ -नेपाली कांग्रेस
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts