काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्ष २०८१÷८२ देखि राष्ट्रिय समाचार समिति (रासस)को समाचार सेवा २४सै घण्टा सञ्चालन गरिने बताएकी छिन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले तथ्यमा आधारित विश्वसनीय समाचार सेवा दिँदै आएको राससले आगामी आर्थिक वर्षदेखि २४सै घण्टा सेवा प्रवाह गर्ने जानकारी दिइन् ।
मन्त्री शर्माले राससको २४ घण्टाको सेवाबाट आमसञ्चारमाध्यम र नागरिकले समयमै सत्यतथ्य र आधिकारिक समाचार प्राप्त गर्ने विश्वास व्यक्त गरिन् । उनले राससको २४ घण्टे सेवा सञ्चालन र माृतभाषामा समाचार सम्प्रेषणका लागि सरकारले आवश्यक बजेट व्यवस्था गरेको बताइन् । राससले हाल बिहान ६ः०० देखि राति ११ः०० बजेसम्म सेवा प्रवाह गर्दै आएको छ ।
यसैगरी मन्त्री शर्माले राससको श्रव्यदृश्य सेवाको निरन्तरताका साथै मैथिली र नेवारी भाषामा समेत समाचार सेवा प्रवाह गर्न लागेको जानकारी दिइन् । राससले यसअघि अवधि भाषामा समाचार सम्प्रेषण गर्दै आएको छ ।
मन्त्री शर्माले पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष पत्रकारिताको पक्षमा प्रतिबद्ध रहेको बताइन् ।
सम्बन्धित समाचारहरु:
गगनको स्टाटसले कांग्रेसभित्र हलचल
सामाजिक सुरक्षा भत्ताको सुरुवात हामीबाटै भएको हो -अध्यक्ष माधव कुमार नेपाल
बैंकिङ तथा वित्तीय कारोवारका लागी पनि राष्ट्रिय परिचयपत्र अनिवार्य
एमाले नवलपुरकाे अध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत निर्वाचित
अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाको संसदीय टोलीको भेट
मन्त्रिपरिषद बैठक अपराह्न ५ बजे बस्ने गरी बोलाइयो
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
