काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशन अगावै महत्वपूर्ण विधेयकहरुमाथि छलफल गरि पारित गर्न संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार संसद सचिवालय सिंहदरबारमा बिभिन्न बिषयगत समितिका सभापतिका साथै राष्ट्रिय दलका मुख्य सचेतक, सचेतक संग सामूहिक रुपमा छलफल गर्दै सभामुख घिमिरेले आगामी अधिवेशन अगावै बिधेयकहरु पारित गर्ने गरि तयारी गर्न ध्यानाकर्षण गराएका हुन् । आगामी अधिवेशनमा आउन सक्ने विधेयक, समितिमा विधेयकको अवस्था, आगामी अधिवेशनको तयारी लगााएतका बिषयमा छलफल भएको सभामुख घिमिरेले जानकारी दिए ।
अझैपनि धेरै विधेयकहरु समितिमा टुङ्गो लाग्न बाँकी रहेको र छिटो टुङ्ग्याउने काममा गति दिन आफुले आग्रह गरेको उनले बताए । उनले आगामी अधिवेशनको तयारी गर्नुपर्ने र अधिवेशनमा आउन सक्ने अप्ठेराहरु हल गर्न सवैले भूमिका खेल्न आग्रह गरेको जानकारी दिए ।
बैठकपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संविधान कार्यान्वयनका निम्ति धेरै विधेयकहरु समितिमा रहेकाले यसलाई छिटो भन्दा छिटो अघि बढाउनुपर्ने जोड दिइएको बताए । आगामी अधिवेशनमा समितिबाट धेरै विधेयकहरु पेश हुने उनको भनाइ छ । उनले सहकारीको समस्या पूर्णरुपमा समाधानका लागि आगामी अधिवेशनबाटै आवश्यक कानून निर्माण हुने जिकिर गरे ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद नहुदा संसदीय समितिमा पनि प्रभाव परेको र विधेयकमाथि छलफल रोकिएको बताए । उनले छिटै विधेयक अघि बढाउन सभामुखले निर्देशन दिएको जानकारी दिए ।
त्यस्तै बैठकमा समिति सभापतिहरुले संसदीय समितिले दिएको निर्देशन पालनाका लागि सरोकारवाला सवै पक्ष गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।
सम्बन्धित समाचारहरु:
शान्तिप्रक्रियाका काम पुरा गर्ने गरि अघि बढ्न सरकारको ध्यानाकर्षण
भुटानी सरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै
माधव नेपालले भने : सत्तासमीकरणमा सम्मानजनक व्यवहार हुनुपर्छ
स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरु तालमेलको पक्षमा छैनन् - महामन्त...
सबै दलको छलफलबाट राजनीतिक निकास आउँछः मन्त्री अर्याल
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts