काठमाडौँ । आईसीसी टी-२० विश्वकपमा अमेरिकालाई ७ विकेटले हराउँदै भारत ‘सुपर ८’मा प्रवेश गरेको छ । बुधबार राति न्युयोर्कमा भएको खेलमा अमेरिकाले दिएको एक सय ११ रनको लक्ष्य भारतले १८.४ ओभरमा मात्र तीन विकेटको क्षतिमा भेट्टाएको हो ।
१११ रनको लक्ष्य पछ्याएको भारतका कप्तान रोहित शर्मा छ बलमा तीन रन र विराट कोहली शुन्य रनमा आउट भए पनि सूर्यकुमार यादव र शिवम दुबेले सम्हालिएर प्रदर्शन गरे ।अमेरिकाविरुद्ध यादवले अर्धशतक बनाए । उनले ४९ बलको सामना गर्दै दुई चौका र दुई छक्काको मद्दतमा नटआउट ५० रन बनाएका हुन् ।
अमेरिकाका लागि सौरभ नेत्रावलकरले दुई विकेट हात पारे भने अली खानले एक विकेट लिए । यसअघि अमेरिकाकाे न्युयोर्कस्थित नासाऊ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो । अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाए ।
भारतका लागि अर्शदीप सिंहले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्र ९ रन खर्चिएर चार विकेट हात पारेका हुन् । हार्दिक पाण्ड्याले दुई विकेट र अक्षर पटेलले एक विकेट हात पारे ।
जितसँगै भारत विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ । समूह ‘ए’को शीर्ष स्थानमा रहेको भारतले एक खेल अगाडि लगातार तीन खेल जित्दै सुपर ८ मा स्थान बनाएको हो । यो समूहको दोस्रो स्थानमा अमेरिका छ। अमेरिकाले तीन खेलमा चार अंक जोडेको छ । पाकिस्तान र क्यानडाले दुई/दुई अंक जोडेका छन् भने आयरल्यान्ड अकंबिहीन छ।
जारी विश्वकपमा दक्षिण अफ्रिका र अस्ट्रेलिया यसअघि नै विश्वकपको सुपर ८ मा प्रवेश गरिसकेका छन् । सुपर ८ मा पुग्ने भारत तेस्रो टिम बनेको हो । २० टिम सहभागी विश्वकपमा चार समूहका शीर्ष दुई टिमले सुपर ८ मा प्रतिस्पर्धा गर्नेछन् ।
सम्बन्धित समाचारहरु:
अल्मुताइरीसँगको बिबादका कारण अचानक खेलाडीले प्रशिक्षण क्याम्प छोडे
स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा जेठमा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटे...
करातेमा नौ स्वर्णसहित १६ पदकका साथ बागमती प्रथम
१६ औं राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा
महिला भलिबलमा आज नेपालले कीर्गिस्तानसँग खेल्दै
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
