काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)सँग सनराइजर्स हैदरावाद ३५ रनले पराजित भएको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको अंक तालिकाको पुछारमा रहेको आरसिबीले दिएको २०७ रनको लक्ष्य पूरा गर्न नसक्दा हैदरावाद ३५ रनले पराजित भएको हो
आरसिबीको जितका लागि विराट कोहली र रजत पाटीदारले अर्धशतक बनाए । कोहलीले ४३ बल खेल्दा ४ चौका र १ छक्काको मद्दतमा ५१ रन बनाए । पाटीदारले भने शानदार प्रदर्शन गर्दै २० बलमा अर्धशतक पूरा गरे। हैदरावादका लागि जयदेव उनाडकटले तीन विकेट हात पारे । टि नटराजनले दुई विकेट लिँदा प्याट कमिन्स र मयंक मार्कण्डेले एक एक विकेट लिए ।
२०७ रनको लक्ष्य पछ्याएको हैदरावादको ब्याटिङ लाइन सुरुवातमै धरापमा परेको थियो। आरसिबीका बलरसामु टिक्न नसक्दा सुरुवाती खेलमा शानदार प्रदर्शन गरेको हैदरावाद बिहीबार पराजित भएको हो । हैदरवाद पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १७१ रनमा समेटिएको हो ।
हैदरावादको ब्याटिङ लाइनलाई धरापमा पार्न आरसिबीका लागि क्यामरुन ग्रीन, कर्ण शर्मा र स्वप्निल सिंहले समान दुई दुई विकेट हात पारे भने विल ज्याक्स र यश दयालले एक एक विकेट लिए । जितसँगै अंक तालिकाको पुछारमा रहेको आरसिबीले ४ अंक बनाएको छ । आरसिबीसँग पराजित हैदरावाद भने १० अंकसहित तेस्रो स्थानमा कायमै छ । आईपिएल अन्तर्गत शुक्रबार काेलकाता नाइट राइडर्स र पञ्जाब किंग्सबीच साँझ ७ः४५ बजे खेल हुनेछ ।
सम्बन्धित समाचारहरु:
एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुष तर्फ विजयी सुरुव...
टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल पराजित
एएफसी एसियन कप छनोटका लागि राष्ट्रिय फुटबल टिम शुक्रबारबाट प्रशिक्षण सुरु
साफ यू-२० च्याम्पियनसिप : फाइनल प्रवेशका लागि आज भारत र बंगलादेश भिड्दै
नेपाल र जिम्बावे ’ए’ विरुद्धको दोस्रो टी–ट्वान्टी खेल रद्द
मोरङ फुटबल एसोसिएसन बुढासुब्बा गोल्डकपकाे फाइनलमा प्रवेश
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
