काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको खेल रोचक बनेको छ। राजस्थान रोयल्सले ३ विकेटको क्षतिमा दिएको १९७ रनको चुनौती पछ्याएको गुजरात टाइटनले ७ विकेटको क्षतिमा अन्तिम बलमा १९९ रन बनाएर ३ विकेटको जित निकालेको हो । गुजरातका लागि अन्तिम बलमा २ रन आवश्कय थियो । ब्याटिङमा रहेका रासिद खानले १० बलमा २० रन बनाइसकेका थिए । अन्तिम बलमा चौका प्रहार गर्दै उनले १९९ रन बनाएर अपराजित राजस्थानलाई पाँचौं खेलमा पहिलो हार चखाएर गुजरातका लागि रोचक जित दर्ता गराए ।
पहिलो खेलमा पराजित राजस्थान ५ खेल खेल्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। ६ वटा खेल खेलेको गुजरात तीन खेलमा पराजित भएको छ ।
टस जितेर गुजरातले राजस्थानलाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो । गुजरातका लागि कप्तान सञ्जु स्यामसन र रियान परागले अर्धशतकीय इनिङ खेले । कप्तान सञ्जुले नटआउट ३८ बलमा ६८ रन बनाए। परागले ४८ बलको सामना गर्दै सर्वाधिक ७६ रन जोडेका थिए । गुजरातका लागि उमेश यादव, रासिद खान र मोहित शर्माले एक एक विकेट हात पारे ।
१९७ रनको लक्ष्य पछ्याएको गुजरातका लागि कप्तान सुभमन गिलले ४४ बलमा सर्वाधिक ७२ रन बनाए । राजस्थानका लागि कुलदीप सेन ३, युजवेन्द्र चहल २ र आवेश खानले एक विकेट हात पारे । आईपिएल अन्तर्गत बिहीबार मुम्बई इन्डियन्स र आरसिबीबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ७:४५ मा सुरु हुनेछ ।
सम्बन्धित समाचारहरु:
जिम्बावे ’ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा नेपालले सहज जित निकालेको ...
‘मैले १६२, १६४ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेँ तर तिनीहरू गणना भएनन्': पूर...
स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा जेठमा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटे...
आयरल्याण्ड ‘ए’विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
आईपिएलमा लखनउद्वारा गुजरात ३३ रनले पराजित
एसीसी प्रिमियर कप : समूह चरणको अन्तिम २ खेल आज, नेपालले कतारसँग खेल्दै
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts