काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आइतबार राति भएको खेलमा लखनउ सुपर जाइन्टसले गुजरात टाइटनलाई ३३ रनले पराजित गरेकाे छ ।
टस जितेर सुरुमा ब्याटिङ गरेको लखनउले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । लखनउले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरात १८ दशमलव ५ बलमा १३० रनमै समेटिएको हो ।
सुरुमा ब्याटिङ गरेको लखनउका लागि मार्कस स्टोनिसले अर्धशतक बनाए । उनले चार चौका र दुई छक्काको मद्दतमा ४३ बल खेल्दै ५८ रन बनाएका हुन् । कप्तान केएल राहुलले ३३, निकोलास पुरणले नटआउट ३२ रन जोड्दा आयुष बाडोनीले २० रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । गुजरातका लागि उमेश यादव र दर्शन नलकण्डेले समान २–२ विकेट हात पार्दा रासिद खानले १ विकेट लिए ।
१६४ रनको लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले ३१, राहुल टेवाटियाले ३०, कप्तान सुभमन गिलले १९, विजय शंकर १७ र दर्शन नलकन्देले १२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेन । गुजरात ७ बल खेल्न बाँकी हुँदा सबै विकेट गुमाएर १३० रनमा समेटिएको हो ।
लखनउका लागि यस ठाकुरले एक्लै ५ विकेट लिए भने क्रुनाल पाण्डेयले ३ विकेट हात पारे । उसका लागि नवीन उल हक र रवि बिश्नोईले १–१ विकेट लिए । यो खेलसँगै लखनउ चार खेलमा तीन जित दर्ता गर्दै तालिकाको तेस्रो स्थानमा छ । गुजरात भने पाँच खेलमा दुई जित निकाल्दै ४ अंकका साथ सातौं स्थानामा छ । आईपिएल अन्तर्गत सोमबार चेन्नई सुपर किंग्स र कोलकत्ता किंग्स राइजर्सको प्रतिस्पर्धा हुनेछ । कोलकत्ता दोस्रो र चेन्नई चौथो स्थानमा छन् ।
सम्बन्धित समाचारहरु:
आईपिएल : राजस्थानमाथि गुजरातको रोचक जित
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुवै टिमले छैटौं आर.बि.बि. ह...
अस्ट्रेलियाद्वारा ३ खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला स्थगित
स्काउट समय सापेक्ष हुन जरुरीः खेलकुदमन्त्री श्रेष्ठ
एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा पुरुषतर्फ लगातार तेस्रो जित
यू १७ महिला एसियन कप छनोटमा नेपालले आज जोर्डनसँग खेल्दै
Author
-
View all postsविगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
