काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आइतबार राति भएको खेलमा लखनउ सुपर जाइन्टसले गुजरात टाइटनलाई ३३ रनले पराजित गरेकाे छ ।
टस जितेर सुरुमा ब्याटिङ गरेको लखनउले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । लखनउले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरात १८ दशमलव ५ बलमा १३० रनमै समेटिएको हो ।
सुरुमा ब्याटिङ गरेको लखनउका लागि मार्कस स्टोनिसले अर्धशतक बनाए । उनले चार चौका र दुई छक्काको मद्दतमा ४३ बल खेल्दै ५८ रन बनाएका हुन् । कप्तान केएल राहुलले ३३, निकोलास पुरणले नटआउट ३२ रन जोड्दा आयुष बाडोनीले २० रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । गुजरातका लागि उमेश यादव र दर्शन नलकण्डेले समान २–२ विकेट हात पार्दा रासिद खानले १ विकेट लिए ।
१६४ रनको लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले ३१, राहुल टेवाटियाले ३०, कप्तान सुभमन गिलले १९, विजय शंकर १७ र दर्शन नलकन्देले १२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेन । गुजरात ७ बल खेल्न बाँकी हुँदा सबै विकेट गुमाएर १३० रनमा समेटिएको हो ।
लखनउका लागि यस ठाकुरले एक्लै ५ विकेट लिए भने क्रुनाल पाण्डेयले ३ विकेट हात पारे । उसका लागि नवीन उल हक र रवि बिश्नोईले १–१ विकेट लिए । यो खेलसँगै लखनउ चार खेलमा तीन जित दर्ता गर्दै तालिकाको तेस्रो स्थानमा छ । गुजरात भने पाँच खेलमा दुई जित निकाल्दै ४ अंकका साथ सातौं स्थानामा छ । आईपिएल अन्तर्गत सोमबार चेन्नई सुपर किंग्स र कोलकत्ता किंग्स राइजर्सको प्रतिस्पर्धा हुनेछ । कोलकत्ता दोस्रो र चेन्नई चौथो स्थानमा छन् ।
सम्बन्धित समाचारहरु:
मोरङ फुटबल एसोसिएसन बुढासुब्बा गोल्डकपकाे फाइनलमा प्रवेश
साफ यू-२० च्याम्पियनसिप : फाइनल प्रवेशका लागि आज भारत र बंगलादेश भिड्दै
राेकिएकाे गौतमबुद्ध क्रिकेट रङ्गशालाकाे निर्माण पुन: सुरु
इटहरी गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा
कुवेतमा आयोजना हुने एएफसी एसियन कपमा नेपाली राष्ट्रिय फुटबल टोली छनोट
जिम्बावे ए टिमविरुद्धको पहिलो टी २० खेलमा नेपाली टिम पराजित
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts