न्युयोर्क । डोनाल्ड ट्रम्पमाथि आइतबार वेस्ट बाम पिचमा गल्फ खेलीरहेको समयमा गोली प्रहार भएको छ । दुई महिनामा उनीमाथि आक्रमण भएकाे याे दोस्रो पटक हाे ।
सुरक्षा अधिकारीका अनुसार कोही निजी सशस्त्र व्यक्तिको लक्ष्य नै ट्रम्पमाथि प्रहार गर्ने थियाे । ती व्यक्ति गिरफ्तार भइसकेका छन् । उनको नाम रेन विस्ली राउथ भएको जनाइएको छ ।
घटना लगत्तै वासिङ्टनमा रहेका राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र सुरक्षा अधिकृतले यस बारेमा चासो लिँदै विज्ञप्ति जारी गरेका थिए । यो घटना भएको स्थान दक्षिणी फ्लोरिडा हो । त्यसपछि शङ्कास्पद व्यक्ति गिरफ्तार भएका छन् ।
घटना हुँदा ट्रम्प पाँचौँ र छैटौँ होलको बीचमा थिए । शङ्कास्पद व्यक्ति धेरै परको होलमा थिए । फ्लोरिडामा रिपब्लिक प्रतिनिधि माइकल वालट्जले जुलाई घटनापछि नै आफूले यसमा सावधान रहन सुरक्षा निकायलाई सचेत गराएको बताएका छन् । १३ जुलाइमा पेनेसेल्भिनयामा भएको घटनाको छानबिन गर्न गठित ६ डेमोक्र्याट र ७ रिपब्लिकको संसदीय समितिमा छन् । घटनापछि वेस्ट पाम बिचमा रहेको ट्रम्प अभियानको कार्यालय बन्द गरिएको छ। एजेन्सी
सम्बन्धित समाचारहरु:
युक्रेनद्वारा रूसको बेलगोरोडमा रहेका ३० भन्दा बढी बस्तीमा आक्रमण
कतारलाई उपहार दिन लागिएका हात्ती कस्ता ? सञ्जालमा भाइरल भएको भिडियोको वास्तविकता...
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
गभर्नरलाई कारवाही गर्नु सरकारको गैरजिम्मेवारपन- नेता शेखर कोइराला
एडीबीद्वारा नियन्त्रण तथा सिँचाइका लागि बङ्गलादेशलाई सात करोड सहयोग
स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकारले थाल्यो आवश्यक तय...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
