एजेन्सी । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आगामी अगस्ट २७ देखि २९ सम्म गर्ने चीन भ्रमणमा चीनले आफ्नो चासोका बिषयलाई गम्भीररूपमा राख्ने बताएको छ ।
संयुक्त राज्य अमेरिकासँगको आगामी वार्तामा ताइवान र अन्य सुरक्षा विषयमा ’गम्भीर चिन्ता’ व्यक्त गर्ने चीनको योजना रहेको चीनका राष्ट्रिय सञ्चार माध्यमले आइतबार जनाएका छन् ।
विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सरकारी प्रसारक सीसीटीभीले भनेको छ, “वार्तालाई चीनले ताइवान मुद्दा, विकासको अधिकार र चीनको रणनीतिक सुरक्षाका सम्बन्धमा कडा माग गर्न प्रयोग गर्नेछ ।”
सुलिभानले नोभेम्बरमा हुने अमेरिकी चुनावअघि तनाव व्यवस्थापनका लागि चीनका विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नेछन् । सन् २०१६ पछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारको यो पहिलो चीन भ्रमण हो, यद्यपि विदेशमन्त्री एन्टोनी ब्लिन्केनलगायत अन्य वरिष्ठ अधिकारीहरूले विगत दुई वर्षमा चीनको भ्रमण गरेका छन् ।
सम्बन्धित समाचारहरु:
रफाह क्रसिङ्ग पुनःखोल्न तयार रहेको प्यालेस्टिनी राष्ट्रपतिको भनाइ
दिगो विकासका लागि कार्बन बजार प्रवद्र्धन गर्न अफ्रिकाको आग्रह
Covid-19: बेइजिङले सहरका केही भागहरूमा सार्वजनिक यातायात तत्काल बन्द
अमेरिकी राष्ट्रपति वाइडेनसँग प्रधानमन्त्री ओली
गाजामा मृत्यु हुनेको सङ्ख्या ३२ हजार ८४५ पुग्यो
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
