जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितीका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् ।
आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले सङ्घीय सरकारको स्वरुपमा भएको परिवर्तन अनुसार मधेस प्रदेशमा पनि सरकार परिवर्तन हुने बताए । मुलुक सङ्घीय संरचनामा रहेकाले केन्द्रीय संरचना अनुसार नै प्रदेश सरकारको संरचना बाध्य भएर बनाउनु परेको नेता नेपालले बताए ।
“प्रधानमन्त्री पुप्पकमल दाहालले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेस प्रदेशको सरकार पनि परिवर्तन हुन्छ, ”, अध्यक्ष भने । फरक प्रसङ्गमा उनले मुलुकको समृद्धिका लागि वर्तमान सरकारले काम गरिरहेको उल्लेख बताए ।
सम्बन्धित समाचारहरु:
ओलीको आरोप : गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियो
सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीलाई तोकियो जिम्मेवारी
तोसिमा कार्कीले भनिन्ः सरकारले जथाभावी बजेट खर्च गरेर जनताको करको दुरुपयोग गर्य...
नेसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
प्रधानमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्री वर्माको भेट
निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७१ जना नयाँ निर्वाचन अधिकृतमा नियुक्त
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
