नेपाल–रावल एमालेबात ६ महिनाको लागि निलम्बित

काठमाडौं : सत्तारूढ दल एमालेले दुई नेता माधवकुमार नेपाल र भीम रावललाई कारबाही गरेको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाल र रावललाई पार्टी सदस्यताबाटै ६ महिना निलम्बन गरेका हुन्।

‘तपाईंलाई सच्चिनको लागि यो अन्तिम मौका हो। आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने’, अध्यक्ष ओलीले सोमबार पठाएको पाँचबुँदे निलम्बनसम्बन्धी पत्रमा लेखिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *