एकै स्कुलका २ सय बढी विद्यार्थी बिरामी, भाइरलको आशंका

बाजुरा : जिल्लाको बुढिगंगा नगरपालिकामा १ को धुरालसैन माविका विद्यार्थी बिरामी परेका छन् । पाँच दिनयता २ सय बढी विद्यार्थी बिरामी परेको विद्यालयले जानकारी दिएको छ । विद्यार्थीमा रुघाखोकी, ज्वरो, पखाला, बान्ता र टाउको दुख्ने जस्ता समस्या देखिएको विद्यालयका शिक्षक रमानन्द पाध्यायले बताए । चार दिनयता दिनप्रतिदिन १५, २० जना बिरामी हुन थालेको शिक्षक पाध्यायले बताए ।

विद्यार्थी बिरामी हुनथालेको खबर पाएपछि ब्रमतोला स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीको टोली स्कुल गएको अहेब ताराकुमारी खत्रीले बताइन। स्वास्थ्यकर्मीको टोली पुग्नु अगाबै धेरै बिरामी विद्यार्थीलाई शिक्षकले घर पठाएसकेका रहेछन् । २० जना भन्दा बढी विद्यार्थीलाई चेकजाँच र उपचार गरेको खत्रीले बताइन्। सुरुमा कम्पनसहितको ज्वरो आउने र विस्तारै कतिपयमा ठिक हुँदै गएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *